बैतडीमा भएको जीप दुर्घटनामा थप १ जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

बैतडी-मंसिर ०६/ बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा गम्भीर घाईते भएका थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा घर भएका जीप चालक ४० बर्षिय दीपक माली रहेका छन् । दुर्घटनामा परी गम्भीर घाईते भएका मालीको उपचारको लागी डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । योे संगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस अघि ५ जनाको भने घटना स्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेहरुमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ४५ बर्षिय राजेन्द्र चन्द, सोही ठाउँका ६५ बर्षिय प्रेम बहादुर चन्द, ३८ बर्षिय धन बहादुर चन्द, ५८ बर्षिय खेम सिह कार्की र दशरथचन्द नगरपालिका वडा नम्बर ८ का ६५ बर्षिय तारा थापा रहेका छन् । यस्तै १ जना गम्भीर घाईते डडेल्धुरामा उपचार भईरहेको छ । जीपमा जम्मा ७ जना रहेको बुझिएको छ । आईतवार राति साढे ८ बजेको समयमा दशरथचन्द राजमार्ग अन्र्तगत दशरथचन्द नगरपालिका वडा नम्बर ४ को कलुवामोडमा जन्ती बोकेको जीप दुर्घटनामा परेको थियो । दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ को सिमाईल गईरहेको म १ ज ३१० नम्बरको जीप जीप सकडबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.