बैतडीमा कांग्रेस अधिवेशनः प्रदेश सभामा निर्वाचन मार्फत सभापति चयन

बैतडी-मंसिर ०५/ नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीका दुइवटै प्रदेश सभा क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । दुबैमा निर्वाचन मार्फत नेतृत्व चयन भएको हो । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सभापतिमा विष्णुप्रसाद भट्ट निर्वाचित हुनुभएको छ । निर्वाचित विष्णुप्रसाद भट्टले ३१९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरेका मतदान अधिकृत रनबीरसिंह धामीले बताउनुभयो । यस्तै उपसभापतिमा विजयी कणर्बहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत ल्याउनुभयो । निकटतम् प्रतिद्वन्दीहरु नवीनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए । सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिद्वन्दीहरु भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याए । सहसचिव पदमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी हुनुभयो । उनीहरुका निकटतम् प्रतिद्वन्दी गणेशसिंह साउँदले २५२ र रामचन्द्र महराले २४७ मत ल्याए । यस्तै बैतडी प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरेका मतदान अधिकृत घनश्याम लेखकले बताउनुभयो । उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्दीहरु देवबहादुर चन्दले २७१ र राकेशसिंह बिष्टले २१४ मत प्राप्त गर्नुभयो । सचिवमा विजयी देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्दी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याउनुभयो । सहसचिव पदमा विजयी महादेवसिंह धनाडीले ३६५ र महेशसिंह बिष्टले ३७९ मत ल्याउनुभयो । निकटतम् प्रतिद्वन्दीहरु रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याउनुभयो । बैतडीमा चतुरबहादुर चन्द र शिवराज भट्ट समूहले प्रदेश सभा क्षेत्रमा आ आफ्नो उम्मेदवारहरुके प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिनुभएको थियो । प्रदेश सभा क्षेत्र (क) मा भट्ट समूहका उम्मेदवार विजयी हुनुभएको हो भने प्रदेश सभा क्षेत्र (ख) मा चन्द समूहका उम्मेदवार विजयी हुनुभएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.