प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा करुणाकर भट्ट चयन

दीपेन्द्र भण्डारी -बैतडी-मंसिर ०४/ प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा करुणाकर भट्ट चयन भएका छन् । प्रेस सेन्टर नेपाल बैतडीको शनिवार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले भट्टको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा गोर्कण बोहरा, महिला उपाध्यक्षमा लक्ष्मी जोशी, कोषाध्यक्षमा डीआर भट्ट, सचिवमा जनक साउँद र सहसचिवमा हरि सिह साउँद चयन भएका छन् । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र ऐरी, महादेव भट्ट, प्रकाश भाट, मान बहादुर बोहरा र नविन बिष्ट लगायतका रहेका छन् । यस्तै सम्मेलनले प्रदेश प्रतिनिधिमा भरत खत्री र डिआर भट्ट तथा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चन्द्रकान्त अवस्थीलाई चयन गरेको छ ।

May be an image of 8 people, people sitting, people standing and indoor प्रेस सेन्टर नेपाल बैतडीका निर्वतमान अध्यक्ष चन्द्रकान्त अवस्थीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र बैतडी जिल्ला समन्वय समिति संयोजक प्रेम प्रकाश भट्ट आदित्यको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले पत्रकारहरुको हक हित र अधिकारका लागी प्रेस सेन्टर नेपालले शसक्त रुपले काम गर्न सकोस बन्ने शुभकामना ब्यक्त गर्नुभएको छ । प्रेस सेन्टरलाई आवश्यक सहयोगका लागी नेकपा माओवादी केन्द्रले सधै सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो । पत्रकारिता क्षेत्रमा रहेका अनेकन समस्याहरुको समाधानका लागी प्रेस सेन्टर नेपाल एक नम्बर संगठन भएर काम गर्ने विश्वास पनी भट्टले ब्यक्त गरेका छन् ।

May be an image of 11 people, people standing and people sitting

सम्बन्धित

Leave A Reply

Your email address will not be published.