बैतडीको मेलौली भगवती मन्दिरका भब्य जात्रा सम्पन्न, ५८ रांगा र ५३ बोकाको बली

बैतडी-मंसिर ०३/ बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरका भब्य जात्रा सम्पन्न भएको छ । बिहिवारबाट शुरु भएको जात्रा आज शुक्रवार सम्पन्न भएको हो । बिहिवार कार्तिक शुक्ल चतुर्दशीका दिन राती रतेडी जात्रा लागेकोमा शुक्रवार पुणर्ीमाका दिन भब्य रुपमा दिउसेडी जात्रा सम्पन्न भएको मेलौली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरत सिह नेगीले जानकारी दिनुभएको छ । बिभिन्न भाकल गरेका भक्तजनहरुले मेलौली भगवतीलाई जात्राको समयमा रांगा तथा बोकाहरुको बली समेत चढाउने गरेका छन् । यो जात्रामा पनी ५८ रांगा तथा ५३ बोकाको बली चढाईएको वडा अध्यक्ष नेगीले बताउनु भएको छ । पुणर्ीमाका दिन लाग्ने जात्रामा सुदुरपश्चिमका बिभिन्न जिल्लाहरु ल्गायत भारतबाट समेत दर्शनार्थीहरु जात्रा भर्न यहाँ पुग्ने गर्दछन् । शक्तीशाली देवीका रुपमा रहेकी मेलौली भगवतीको मन्दिरमा लाग्ने जात्रा ब्यापार ब्यवसायका लागी पनी प्रसिद्ध रहेको छ । जात्राको उपलक्ष्यमा मेलौली नगरपालिकाले बिहिवार र शुक्रवार गरी २ दिन सार्वजनिक बिदा समेत दिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.