बैतडीको दोगडाकेदार २ मा नेकपा (एस)को २९ सदस्यीय वडा कमिटि गठन

बैतडी-कार्तिक २९/ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटि गठन गरिएको छ । सोमवमर नेकपा (एकीकृत समाजवादी)का बैतडी जिल्ला सचिवालय सदस्य तथा दोगडाकेदार गाउँपालिकाका सह ईन्चार्ज धन बहादुर कार्कीको प्रमुख आतिथ्यता र जिल्ला कमिटि सचिवालय सदस्य लक्ष्मी दत्त जोशीको बिशिष्ट आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले प्रमानन्द भट्टको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा शंकर सिह कार्की र बिरा महरा चयन भएका छन् । यस्तै सचिवमा पद्मा महरा तथा सह सचिवमा कमला कुँवर र माधि लुहार चयन भएका छन् । यस अघिदोगाडकेदार गाउँपालिकाको वडा नम्बर ८ मा पनी नेकपा (एकीकृत समाजवादी) को वडा कमिटि गठन गरिएको थियो । नेकपा (एस)ले बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटि गठनलाई तिब्रता दिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा नेकपा(एस)ले कमिटि गठन गरिसकेको छ । यस्तै वडाको सन्र्दभमा पनी ५० प्रतिशत वडाहरुमा कमिटि गठन भईसकेका जिल्ला कमिटि सचिवालय सदस्य लक्ष्मी दत्त जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.