बैतडीमा राहदानी लिनेकाे सङख्या बढ्दै
बैतडी– बैतडीमा राहदानी लिनेको सङख्या बढ्दै गएको छ । जिल्लामा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिनेको संख्या बढ्दै गएको हो । गत २ वर्षको तथ्याङक हेर्दा जिल्लामा राहदानी लिनेहरुको सङख्यामा वृद्धिभएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानाएको छ ।
राहदानी फाँटमा कार्यरत नायब सुब्बा प्रकाश कार्कीका अनुसार आर्थिक वर्ष ०७६÷ ७७ मा ३सय ३२ जनाले राहदानी लिएकोमा ७७÷७८ मा ३ सय ९२ जनाले राहदानी लिएका छन् । यस्तै चालु वर्षको ३ महिनामा १ सय २६ जनालाई राहदानी वितरण गरिएको छ । राहदानी बनाउनेमा पुरुषकै सङख्या बढी रहेको बताइएको छ ।
तुलनात्मक रूपमा राहदानी लिने महिलाको संख्या पुरूष भन्दा कम भएपनि पहिले भन्दा केहि भने बढ्दो क्रममा रहेको बताइएको छ । राहदानी लिने महिला संख्या पहिले भन्दा केहि भने बढ्दो क्रममा रहेको नायव सुब्बा काक्रीले बताउनुभयाे । बैतडीमा साधारण राहदानी बनाउने भन्दा पनि द्रुत सेवाका लागि सिफारिस लिने सेवाग्राही बढेका उहाँले बताउनुभयो ।
अहिलेपनि दैनिक १० जना साधारण रहादानी बनाउने र २५ जना सम्म द्रुत सेवाका लागि सिफारिस लिने आउने गरेका उहाँको भनाइ छ । स्वदेशमा रोजगारिका सम्भावना नभएपछि अहिले यहाँका युवायुवतीहरु राहदानी बनाएर विदेश पलायन भइरहेका छन् ।