बैतडीः माओवादी केन्द्रकी वडा कमिटी सदस्य कुवरकाे भिरबाट लडेर मृत्यु

बैतडी -बैतडीमा भिरबाट लडेर एक  महिलाको मृत्यु  भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ४ बिकुलकी करिब ४२ वर्षीया तुलादेवी कुवँरको सोमबार भिरबाट लडेर मृत्यु भएको हो । नेकपा माओवादी केन्द्र सुर्नया ४ वडा कमिटी सदस्य समेत रहेकी कुवरकाे सोमबार दिउसो खर काट्ने क्रममा गोठाखोला भन्ने स्थानको भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । मृतक कुवँरका श्रीमान भारतमा रहेका र घरमा दुई छोरा र एक छोरी रहेको बताइएको छ । भिरबाट लडेर बैतडीमा वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.