बैतडी : शिक्षक पाल्न विद्यार्थीहरुले खेले देउसी भैलो

बैतडी-कार्तिक २२/ बैतडीको एक विद्यालयका विद्यार्थीहरुले शिक्षकहरुको तलब जुटाउन देउसी भैलो खेलेका छन् । विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ मा रहेको नमुना विद्यालय शिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुले देउसी भैलो खेलेका हुन् । निजि स्रोतका शिक्षकहरुलाई तलब खुवाउन उक्त विद्यालयका विद्यार्थीहरुले बिभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएका छन् । सोही बमोजिम यो बर्षको तिहारमा पनी कार्तिक १७ गतेदेखि १९ गतेसम्म विद्यालयमा अध्ययनरत र भुत पुर्व विद्यार्थीहरुले देउसी भैलो खेलेका विद्यालयका सहयोगी गोपाल महराले जानकारी दिनुभएको छ । विद्यालयको सेवा क्षेत्र भित्रका हरिचन, रुईसानी, खालीडाडा, रांगा जुझौना, कटाल, गैराखान, हुक्केडाडा, धारापानी र कर्तेकोट लगायतका टोलहरुमा देउसी भैलो खेलिएको महराले बताउनुभयो । देउसी भैलो खेलेर उनीहरुले १२ हजार १ सय ३५ रुपैया संकलन गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.