बैतडीमा जंगलि बँदेलले धानबाली सखाप, किसान चिन्तित

आसोज -६ / बैतडीको मैलौलिमा जंगलि बदेँलले धानबाली नष्ट गरेको छ । नगरपालिकाको वडा नं १ भित्रका विभिन्न खेतहरुमा किसानहरुले मिहेनत गरि लगाएको धानबाली जंगलि बँदेलले नष्ट गरेको स्थानिय लक्ष्मण पैतोलाले जानकारिदिनुभएको छ ।

उहाँका अनुसार नागनि, बसौर र मट्याल भन्ने ठाँउमा जंगलि जनावहरुले धानबाली सखाप पारेको छ । नागनि, बसौँ र मट्यालको लगभग ८० रोपनि खेतमा धानबाली मासेर सखाप पारेको किसानहरुले बताएका छन । दिउँसो र रातिको समयमा आउने जंगलि बँदेलहरुले खेतमा लगाएको धानबाली मासेर तहसनहस पारेपछि किसानहरु चिन्तीत बनेका छन ।

खेतमा लगाएको धानबाली रातमा आउने वन्यजन्तुले सखाप पार्दा किसानहरु साह्रै चिन्तीत भएका उहाँले बताउनुभयो । किसान रामचन्द्र नायकले राती त रातिनै थिए दिउँसोमा समेत जंगलि बँदेलले आएर धानबाली सखाप पारेको बताउनुभएको छ । असारमा रोपेको धानबालीमा बालालागने अवस्थामा बँदेलले तहसनहस गरेपछि किसनाहरु चीन्ती भएका छन ।

धानबाली रोपेदेखि दिनरात बँदेलबाट जोगाउन पैरवी गरेपनि जोगाउन नसकिएको किसान केशब पन्तले दुखेसो पोख्नुभएको छ । खेतमा लगाएको धानबाली जंगलि बँदेलले मासेपछि अहिले खेतमै धानबाली कुहिन थालेको उहाँको भनाई छ ।

दिउँसो समेत बँदेल खेतमा देखापर्ने गरेकाले पैरबी गर्न अहिले किसानहरुलाई हम्मे हम्मे परेको मैलौलिबाट रेडियो बैतडीका सम्वाददाता प्रकाश राज पन्तले जनाकारीदिनुभयो । प्रत्येक वर्ष मिहेनत गरि लगाएको अन्नबाली जंगलि जनावरले नोक्सान गर्ने भएपछि खेतिपाती गरेरै परिवारपाल्ने किसानहरु समस्यामा पर्ने गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.