बैतडीमा देउसीभैलो राती ८ बजे पछि खेल्न नपाइने
बैतडी-बैतडीमा देउसीभैलो राती ८ बजे पछि खेल्न नपाइने भएको छ । दिपावली पर्वमा खेलीने देउसीभैलो राती ८ बजे पछि खेल्ने नपाइनेभएको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बैतडीमा राती ८ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको बताउनुभयो । राती ८ बजेपछि देउसीभैलाे खेल्न रोक लगाउने निर्णय भएको जनाउदै उहाँले सबैलाइ जन स्वास्थ्यका मापदण्डहरुको पालना गर्न पनि आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सबैजनाले जिम्मेवार हुनु पर्ने उहाँको भनाई छ । मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा होहल्ला, झैंझगडा जस्ता कार्य नगरी शान्तिपूर्वक तिहारपर्व मनाउन प्रशासनले आग्रह गरेको छ ।
बैतडीमा पटाका,अतिसबाजीजस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थ ओसारपसारमा समेत रोक लगाएकाे छ । कसैले पटाका ओसारपसार, किनबेच र प्रयोग गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
जिल्लामा आपराधिक गतिविधिलाई नियन्त्रण गरि चाडपर्वहरुलाई शान्तिपूर्णरुपमा सुसम्पन्न गर्न प्रहरीले दशैँ देखिनै विशेष सुरक्षा योजना लागु गरेर कार्यान्वयन गरिरहेको छ । समाजको शान्ति सुरक्षा र अमनचयनमा खल्ल पुग्ने गतिविधि नगरि पर्व मनाउन अपिल गरिएकाे छ।