गुरुखोला प्रहरीद्वारा लागु पदार्थदुर्व्यसनी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
गोकर्ण बोहरा- बैतडी ÷ प्रहरीले बैतडीको एक विद्यालयमा लागु पदार्थदुर्व्यसनी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको गुरुखोला प्रहरीचौकीले दशरथचन्द नगरपालिका वडा नं १ मा रहेको मणिलेक मावि गुरुखोलामा लागु पदार्थ दुर्व्यसनी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
शिक्षक विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा लागु पदार्थ भनेको केहो ?यसबाट बच्ने उपाय र एनका बारेमा अवगत गाराइएको प्रहरी सहायक निरीक्ष एवँ गुरुखोला प्रहरी चौकीका इन्चार्ज शँकर भण्डारीले जानकारी दिनुभयो । अहिले अधिकाँश बालबालिकाहरु दुर्व्यसनको सिकार भइरहेकाले यसका खराब पक्षहरुबारे जानकारी गराएर सचेत पार्न कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
विद्यालयमा विद्या आर्जन गर्ने जानेहरु बालबालिकाहरुनै लागु पदार्थदुर्व्यसनमा फसेकाले यसको बेफाइदा र गर्ने असरबारे विद्यालय तहबाटै अवगत गराएर सचेत पार्न आवश्यक रहेको उहाँको भनाई छ । लागु पदार्थ दुव्र्यसनको नकारात्मक पक्षबारे सचेत गराइकाले लागु पदार्थ दुव्र्यसनमा फसेका बालबालिकाहरु सचेत हुने विश्वास गरिएको प्रहरी सहायक निरीक्षक भण्डारीको भनाइ छ । गुरुखोला प्रहरी चौकीको आयोजनामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी प्रकाश मेडिकल हल मुस्याचाेरमा कार्यरत ल्याब इन्चार्ज कमल सिहँ धामीकाे पनि सहभागिता रहेको थियो ।