बैतडीमा नेकपा एमालेको पालिका अधिवेशन : पाटन, मेलौली र दोगडाकेदारमा नेतृत्व चयन
दिपेन्द्र भण्डारी-कार्तिक १५/ बैतडीका १० वटै पालिकाहरुमा नेकपा एमालेको अधिबेशन भईरहेको छ । एमालेको १० औ महाधिवेशन अन्र्तगत सोमवार यहाँका १० वटै पालिकाहरुमा पालिका अधिवेशन भईरहेको हो । अहिलेसम्म जिल्लाका ३ वटा स्थानीय तहहरुमा अधिवेशन सम्पन्न भईसकेको नेकपा एमाले बैतडीका सचिब लिलाधर भट्टले जानकारी दिनुभयो ।
जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा अधिवेशन सम्पन्न भएको उहाँले बताउनुभयो । अधिबेशनबाट पाटन नगरपालिकाको नगर कमिटि अध्यक्षमा ललित सिह ठगुन्ना सर्बसम्मत चयन भएका छन् ।
ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि गठन गरिएको हो । दोगडाकेदार गाउँपालिकाको गाउँ कमिटि अध्यक्षमा काशी सिह बिष्ट सर्बसम्मत चयन भएका छन् । दोगडाकेदारमा पनी ७५ सदस्यीय गाउँ कमिटि गठन गरिएको एमालेले जनाएको छ । मेलौली नगरपालिकाको नगरकमिटि अध्यक्षमा राज बहादुर चन्द सर्बसम्मत भएका छन् । अन्य पालिकाहरुको नजिता भने आउन बाँकी रहेको छ ।