पाटन नगरपालिका ९ का बिभिन्न सडक ब्यबस्थीत पारिदै
बैतडी–असोज ६ / बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ ले बर्षातका कारण अबरुद्ध भएका वडा भित्रका बिभिन्न सडकहरु ब्यबस्थीत पार्न थालेको छ । बर्षातको समयमा भत्किएका तथा बिभिन्न कारणले अबरुद्ध भएका तथा जोखिपुर्ण अबस्थामा रहेका सडकहरु ब्यबस्थीत गरी सञ्चालनका लागी पहल थालिएको नगर प्रबक्ता एबंम वडा नम्बर ९ का वडाध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । बाढी पहिरोले भत्किएका सडकहरुमा जोखिम मोलेर गाडीहरु सञ्चालन भईरहेको भन्दै ब्यबस्थीत पार्न थालिएको उहाले बताउनुभयो ।
नगरपालिकाले सडकहरुको नापजाचँ गर्न प्राबिधिकलाई खटाएको छ । स्थानियहरुलाई नापजाचँमा सहयोग गर्न वडा कायाृलयले आग्रह गरेको छ । वडा नम्बर ९ भित्रका बिजयपुर–किचार सडक, ज्याफु खालिडाडा–सल्लेबासा सडक, टकरे काकस्याली –खालिडाडा, दबडानी सडक र टकरे भट्याडी –बिजयपुर साणीघाटी सडक खण्ड ब्यबस्थीत हुने अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तो वडा भित्रको धारापानी –कर्तेकोट–सिलगापानी सडक, टकरे –कर्तेकोट सडक, गैराखान –सल्लेबासा , गोयलाखान सडक र भौनी हुक्केडाडा सडक ब्यबस्थीत रुपमा सञ्चालनका लागी काम हुने छ ।