बैतडीमा नेपाली काँग्रेसको प्रदेश क्षेत्रीय अधिवेशन ४ गते हुने

बैतडी- नेपाली काँग्रेस जिल्ला कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । जिल्ला सभापति नरेन्द्र थापाको अध्यक्षमा आज बैठक सम्पन्न भएको हो । दुई ओटा महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो ।

१४ औँ महाधिवेशन अन्तर्गत केन्द्रिय निर्वाचन समितिले प्रदेश क्षेत्रीय अधिवेशनका लागि मंसिर ३ गतेको मिति तोकेको भएपनि बैतडीमा स्थानीय शक्तिपीठमा सो दिन जात्रा लाग्ने भएकाले मिति सारेर मंसिर ४ गते गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यस्तै कात्तिक पहिलो साताको अविरल वर्षाबाट क्षति बेहोरेका नागरिकहरुको घरदैलोमै पुगेर संकलन गरिएको क्षति बारेको प्रतिवेदन बाढी पहिरो पिडीत विपद् व्यवस्थापन केन्द्रीय समुन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाउने निर्णय पनि भएको बताइएको छ ।

अविरल बर्षाले आएको बाढी पहिरोबाट क्षति बेहोरेका बैतडीका नागरिकहरुलाई क्षतिपुर्तीको पहल गर्न प्रतिवेदन सम्बन्धीत निकायलाइ बुझाउने निर्णय भएको नेपाली काँग्रेसका कोषाध्यक्ष पाण्डेयले बताउनुभयो । जिल्ला सभापति नरेन्द्र थापाको नेतृत्वको नेपाली काँग्रेस बैतडीका नेता तथा कार्यतर्काको टोलीले बाढी पहिरो पिडीतहरुको घरमै गएर  निरीक्षण गरेपछि क्षति बारेको प्रतिवेदन तयार पारेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.