बैतडीका सबै वडामा एमालेको वडा अधिवेशन सम्पन्न , भोलि स्थानीय तहमा अधिवेशन

बैतडी- बैतडीका सबै वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीका ८४ ओटै वडामा अधिवेशन सम्पन्न भइसकेको नेकपा एमाले जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिनुभयो ।

प्रत्येक वडामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको जनाउदै उहाँले वडा तहमा सर्वसम्मत नेतृत्व चयन भएको बताउनुभयो । यस्तै नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत बैतडीमा स्थानीय तह अधिवेशन भोलि कात्तिक १५ गते हुने भएको छ । स्थानीय अधिवेशनका लागि तयारी पुराभएको पनि सचिव भट्टले बताउनुभयो । कात्तिक १५ मा सबै स्थानीय तहमा हुने अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता तोकिएको छ ।

शिवनाथ गाउँपालिका र मेलाली नगरपालिकामा जिल्ला सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्ट, पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य पुरन सिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहन थापा, सुर्नया गाउँपालिकामा प्रदेश कमिटि सदस्य नरेश विक, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुस्करराज जोशीलाई उत्प्रेरक तोकिएको छ ।

यस्तै‚ दोगडाकेदार गाउँपालिकामा जिल्ला उपसचिव चक्र कार्की, डिलाशैनी गाउँपालिकामा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, पुर्चौडी नगरपालिकामा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सिगास गाउँपालिकामा जिल्ला कमिटी सचिवालय सदस्य रमिल बमलाई उत्प्रेरक रुपमा खटाइएको एमाले बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.