बैतडीमा जनगणनाका लागि छनोटभएका गणकहरुलाई तालिम दिइदै

बैतडी-बैतडीमा जनगणनाका लागि छनोटभएका गणकहरुलाई तालिम दिइदै छ । राष्ट्रिय जनगणना २०७८ का लागि बैतडीमा छनोट भएका ३ सय १५ गणकरुलाई तालिम दिइन लागेको हो । जिल्लाको १० पालिकामा मूल गणनाका लागि छनौट भएका ३ सय १५ जना गणकहरुलाई शनिबारबाट तालि दिइन लागेको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिुनभयो ।

१६ गते सम्म तालिम सञ्चालन हुने उहाँले बताउनुभयो । गणक र सुपरिवेक्षकहरुलाई अहिले तालिम दिइन लागेको बताइएको छ । जनगणना प्रमुख पन्तका अनुसार दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकहरुको तालिम दशरथचन्द नगरपालिकामा भइरहेको छ । यस्तै डिलाशैनी र दोगडाकेदार गाउँपालिकाका गणकहरुको तालिम दोगडाकेदारमा र सिगास गाउँपालिका,पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकहरुको तालिम पाटनमा सञ्चालन भएको हो ।

यस्तै मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकहरुलाई मेलौलीमा तालिम दिइदै छ । कार्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म मूल गणना हुने बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.