बैतडीः सीमानाकामा कडाइ, पटाका आयातमा रोक, बिक्रिवितरण गरे कार्वाही

बैतडी– पटाकाजन्य पदार्थ आयात र बिक्रीवितरण रोक्न जिल्ला प्रही कार्यालय बैतडीले चेकजाँचमा कडाइ गरेको छ । तिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी बैतडीले सीमानाका झुलाघाट लगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरेको हो ।

अहिले विशेष गरि सीमानाका झुलाघाट भएर भारतबाट आउने सामान र नागरिकलाई चेकजाँच गर्ने काम मभइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता दर्शन खड्काले जानकरी दिनुभयो । पटाका जस्ता विष्फोटक पदार्थको बिक्री वितरण,ओसारपसार नियन्त्रण गरि सम्भावित दुर्घटना न्यूनिकरणका लागि प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको उहाँले बताउनुभयो ।

यदि कसैले पटाका ओसारपसार, किनबेच र प्रयोग गरेको भेटिएमा कारबाही गरिने प्रहरीले जनाएको छ । पटाका जस्ता विष्फोटक पदार्थका कारण तिहारमा आगलागी तथा अङ्गभँग भएका समाचारहरू आउने गरेकाकाले यस तर्फ सबै सचेत बन्नु पर्ने प्रहरीको भनाई छ ।

बैतडीमा चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले दशैँ देखिनै विशेष सुरक्षा योजना लागु गरेर कार्यान्वयन गरिरहेको छ । जिल्लाको नौ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि सेवा समेत प्रहरीले प्रदान गरिरहेको हो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.