बैतडीको पुर्चौडीका बाढी पिडीतहरुलाइ राहत सामग्री वितरण
बैतडी – बैतडीको पुर्चौडी नगरपालिकाले बाढी पिडीतहरुलाइ राहत वितरण गरेको छ । कार्तिक पहिलो साताको अविरल वर्षाका कारण आएको बाढी पहिरोले क्षति बेहोरेका नगरपालिकाको विभिन्न ठाउँका नागरिकहरुलाइ राहत सामग्री वितरण गरिएको हो । नगरपालिकाको वडा नं ६ र ७ का बाढि पहिरो पिडीतहरुलाई खाद्यान्नका सामग्री , भाँडाकुडा, ओड्ने बिछाउने कम्बल र त्रिपाल लगायतका राहत सामग्री वितरण गरिएको नगर प्रमुख रणबहादुर कुवरले जानकारी दिनुभयो । अविरल वर्षाका कारण आएको बाढिबाट क्षति बेहोरेकालाइ केहि सहज होस भनेर राहत वितरण गरिएको उहाँले बताउनुभयो । कार्तिक पहिलो साताको अविरल वर्षाले आएको बाढी पहिरोले बैतडीमा पनि जनधनको क्षति गरेकाे थियाे ।