बैतडीः नेचुरल अर्गनाइजेसनद्वारा दनपा ४ मा कार्य समिति गठन
बैतडी – नेचुरल अर्गनाइजेसन बैतडीले दशरथचन्द नगरपालिका ४ मा वडा स्तरिय कार्य समिति गठन गरेको छ । नेचुरल अर्गनाइजेसनका नगर कार्य समिति अध्य प्रविन टेरको अध्यक्षतामा बसेको बैठकले वडा नं ४ मा वडा कार्य समिति गठन गरेको हो ।
दशरथचन्द नगरपालिका वडा नं ४ मा मोहित पणडेयको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन गरिएको नगरकमिटि अध्यक्ष टेरले बताउनुभयो । दशरथचन्द नगरपालिकाका ८ ओटा वडामा वडास्तरिय कार्यसमिति विस्तार भइसकेको उहाँको भनाई छ ।
समाज परिवर्तनका लागि पहल गर्ने धेयका साथ नेचुरल अर्गनाइजेसनले बैतडीका १० ओटै स्थानियतहमा युवाको सञ्जाल विस्तार गरिरहेको छ । नेचुरल अर्गनाइजेसनले दनपा, सुर्नया र पाटनमा कार्यसमिति गठन गरिसकेको छ भने बाँकि स्थानियत
हरुमा पनि समिति विस्तार हुने अर्गनाइजेसनका जिल्ला अध्यक्ष डीबी विष्टले बताउनुभयो पालिका संग सँगै अर्गनाइजेसनले वडाहरुमा पनि समिति गठनको गरिरहेको हो ।