बैतडीमा एमाले वडा अधिवेशनः पाटन ९ काे अध्यक्षमा इन्द्र बोहरा
दिपेन्द्र भण्डारी -बैतडी – नेपाल कम्युनिष्ट पार्टि नेकपा एमाले पाटन नगरपालिका ९काे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर बोहरा चयन भएका छन् ।
शुक्रबार सम्पन्न अधिवेशनमा बोहरा सर्वसम्मत चयन भएका हुन् । बोहराकोे अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको नेकपा एमाले बैतडी जिल्ला सचिवालय सदस्य तथा कानुन तथा निर्वाचन विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिुनभयो ।
यस्तै नर बहादुर भण्डारी को संयोजकत्वमा १६ सदस्यीय वडा सल्लाहकार कमिटी र हरिश बोहराको अध्यक्षता मा २७ सदस्यीय राष्ट्रि युवा संघ नेपालको वडा कमिटी गठन गरिएको उहाँले बताउनुभयो । सम्पन्न अधिवेशनमा नेपाली काँग्रेस, नेकपा माओवादी परित्याग गरी झण्डै २० जना नेकपा एमालेमा प्रवेश गरेका सचिवालय सदस्य भण्डारीको भनाई छ । नेकपा एमाले बैतडीले आजै सबै वडामा अधिवेशन सम्पन्न गर्दै छ ।