बैतडीमा डुङ्गा पल्टिदा एक जनाको मृत्यु, एक जना बेपत्ता
बैतडी- बैतडीमा डुङ्गा पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका वडा नं १को खाँड घाटमा डुङ्गा पल्टिएको बताइएको छ । बुधबार साँझ ६ बजेतिर भारत जाने नेपाली यात्रुहरुलाई पारी तार्ने क्रममा डुँगा पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिुनभयो । मृतक र बेपत्ताको परिचय नखुलेको उहाँले बताउनुभयो । डुङ्गामा १० जना सवार रहेकोमा अन्य ८ जना सकुशल रहेका बताइएको छ । बेपत्ताको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।