बैतडीका ब्याडमिन्टन खेलाडीलाई भारतमा उपाधि
बैतडी –बैतडीका २ ब्याडमिन्टन खेलाडीले भारतीय प्रतियोगिता जितेका छन् । भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न ब्याड्मिन्टन टुर्नामेन्टको चौथो संस्करणको उपाधि बैतडीका सुरेन्द्र कार्की र महेश भट्टले हात पारेका हुन् ।
कार्की नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियामा कार्यरत छन् भने भट्ट पाटन नगरपालिकामा कार्यरत छन् ।
उनीहरुले फाइनलमा भारतीय खेलाडी भरत देउपा र शेखर पुनेडाको जोडीलाई पराजित गरेका थिए । प्रतियोगिताको ‘३५ प्लस मार्टर्स’ समूहमा नेपाली खेलाडी कार्की र भट्टले २१–१६ र २१–९ को सोझो सेटमा भारतीय खेलाडीलाई पराजित गरेका थिए ।