बैतडीमा भेरोसेल खोपको दोस्रो मात्रा भोलिबाट लगाइने

बैतडी-बैतडीमा कोरोना भाइरस  संक्रमण विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलिबाट लगाइने भएको छ । यस अघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकहरुलाई कात्तिक ९ गते मंगलबारबाट दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिश प्रशाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलौली नगरपालिका र पुर्चौडी  नगरपालिकाका नागरिकहरुलाइ ९ र १० गते खोप लगाइने छ । यस्तै शिवनाथ गाउँपालिका , दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा १० र ११ गते, पाटन नगरपालिका , सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका भित्रका नागरिकहरुलाई ११ र १२ गते खोप लगाइने छ ।

यस्तै सिगास र डीलाशैनी गाउँपालिकाका नागरिकहरुलाई १४ र १५ गते खोप दिइने सूचना अधिकारी भट्टले बताउनुभयो । खोप सेवा जिल्लाका प्रत्येक वडाको एउटा स्वास्थ्य संस्थाबाट प्रदान हुने बताइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर खोप सेवा लिन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ । खोप केन्द्रमा खोप लगाउन जादा खोप कार्ड अनिवार्य गरिएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.