बैतडीमा पनी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने

जनक साउँद-बैतडी-कार्तिक ०५/ राष्ट्रिय कार्यक्रम अनुसार बैतडीमा पनी बालबालीकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने भएको छ । कार्तिक ७ र ८ गते जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी थालिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

   बैतडीका २३ हजार ८ सय ९४ जना बालबालीकाहरुलाई भिटामिन ‘ए’ र २१ हजार ५८ जना बालबालीकाहरुलाई जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी हरिश भट्टले जानकारी दिनुभएको छ । जसका लागी जिल्लामा सम्पुणर् तयारी पुरा भएको उहाँले बताउनुभयो । प्रत्येक स्वास्थ्य चौकीहरुले तोकेका बुथ केन्द्रहरुमा लगेर जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय बैतडीले सबैमा आग्रह समेत गरेको छ ।

    अभियानका लागी जिल्लाभरिमा ८ सय ३१ जना महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिने बताईएको छ । कार्तिक ७ र ८ गते छुटेका बालबालिकाहरुलाई महिला स्वास्थ्य स्वयसेविकाहरुले घरमै गएर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने स्वास्थ्य सुचना अधिकारी भट्टले बताउनुभयो । कोभिड १९ को जोखिम कायमै रहेकोले संक्रमणबाट बच्नका लागी आबश्यक स्वास्थ्य मापदण्डहरुको पालना गर्दै भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने छ ।

   सरकारले हरेक वर्ष पहिलो चरणमा वैशाख ६ र ७ गते र दोस्रो चरणमा कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएकोमा यो बर्ष दशैका कारण केही दिन पछि धकेलिएको बताईएको छ । विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरूको उपचारमा भिटामिन ‘ए’ को प्रयोग गर्ने गरिन्छ । बालबालीकाहरुलाई भिटामिन ‘ए’ खुवाएमा रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण र छालाको रोग बाट जोगाउन सकिन्छ । सरकारले प्रत्यके ६/६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आईरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.