दोगडाकेदारको तारलका बाढी पिडितलाई खाद्यन्न वितरण
बैतडी-कार्तिक ०५/ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ तारलका बाढी पिडितहरुलाई खाद्यन्न सामग्रीहरु वितरण गरिएको छ । गत सोमवार घर माथिबाट आएको बाढीसंगै खसेको पहिरोका कारण बिस्थापित भएका उक्त ठाउँका ८ परिवारलाई बशन्त फाउण्डेसनले चामल, दाल, नुन र तेल लगायतका खाद्यन्न समाग्रीहरु वितरण गरेको हो । बाढी पिडित धनबिरे भुल, बहादुर भुल, भानी भुल, केशब भुल, नरपती भुल, किस्ने भुल, रमेश भुल र लोगे भुलको परिवारलाई उक्त समाग्री बितरण गरिएको हो । बशन्त फाउण्डेसनका संचालक कृष्ण प्रसाद जोशी, समाजसेवी भोज राज जोशी (क्वालिटि), हरिश जोशी र कमल धामी लगायतले उक्त समाग्री बिहिवार साझ पिडितहरुलाई वितरण गरेका हुन् । यस्तै जिल्लाका अन्य ठाउँहरुमा पनी बाढी पहिरोका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने समाजसेवी क्वालिटिले जानकारी दिनुभएको छ । आफुहरुको सहयोग अभियान निरन्तर चल्ने भन्दै उहाँले समस्यामा परेकाहरुलाई आफुहरुलाई सम्र्पक गर्न पनी आग्रह गर्नुभएको छ ।