बैतडीः पहिराले दनपा २ सरगढका दुइ घरमा क्षती, ८ घर उच्च जोखिममा
दिपेन्द्र भण्डारी -बैतडी कात्तिक ४ / बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ का स्थानीयहरुको घरमा पहिराले क्षती पुगेकाे छ । आइतबार देखि परेको अबिरल वर्षाका कारण घरमाथिबाट आएको पहिराले वडा नं २को सरगढ टोलका चन्द्र बहादुुर बोहरा र बहादुर सिहँ बाहेराको चार ÷चार कोठे घरमा क्षती पुगेकाे हाे । पहिराले मानविय क्षती नभएको र दुवै जनाको घर पूर्णरूमा भत्किएका स्थानीय मनोज बोहराले जानकारी दिुनभयो । उहाँका अनुसार पहिरोले घर भत्किदा घर भित्रभएका खाद्यान्न सामाग्री, लुगाकपडा, भाँडाकुडा लगायतका घर भित्रका सम्पूर्ण सामान नष्ट भएका छन् । यस्तै सोहि टोलका ८ घर पहिराको उच्च जोखिममा रहेका पनि स्थानीय बोहराले बताउनुभयो । भानबहादु बोहरा , डम्बर बोहरा, भरत बोहरा , हजारी बोहरा , हर्क बोहरा, गणेश बोहरा र मोहन बोहराको घर पहिराको उच्च जोखिममा रहेका उहाँले बताउनुभयो । यस्तै पहिराले चैशिर गाउँ, रजाड, जोला घट्ट , ठुला गडा ,नोघर चडेखान लगायतका बस्तीहरुमा खानेपानीका मुहान तथा पाइप टुटफूट भएर खानेपानी अवरुद्ध भएको र हिँड्ने बाटोहरु समेत भत्किएकाले अवागमनमा समस्या भएको बताइएको छ ।