बैतडीः पञ्चेश्वरको गोइलानी र गईर टोल पहिरोको उच्च जोखिममा

बैतडी कात्तिक १ / बैतडीकाे पञ्चेश्वर गाउँपालिका २  गोईलानी र गईर टोल पहिरोको उच्च जोखिममा रहेका छन् । आईतवार साँझदेखि परेको अबिरल वर्षाका  कारण गोईलानी टोलमा पहिरो जाँदा स्थानिय हरी चन्दको एक कोठे घरमा क्षती गरेको छ । राती तिन बजेतिर आएको घरमाथीबाटको पहिरोले चन्दको घरमा क्षती पु¥याएको हो । घर भित्र सुतेका चन्दकी श्रीमतीलाई खुट्टामा सामान्य चोटलागेको र अरु सबै शुरक्षित रहेको चन्दका छोरा विरेन्द्र चन्दले बताउनु भयो ।

दुई कोठे उक्त घरका अरु सदस्य अर्को कोठामा सुतेकाले कुनै चोटपटक नलागेको उनले बताए । बर्षात नरोकिएकाले अहिले चन्दको परिवारलाई अर्काे घरमा सार्ने तयारी भइरहेको छ । गोईलानी टोलमा रहेका अरु घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् । गोईलानी टोलमा रहेका देव चन्द, सुन्दर चन्द, धन वहादुर चन्द, राजेन्द्र चन्द, मन्धीर चन्द, करबीर चन्द, मदन चन्द सुन्दर चन्द, केशव चन्द, करन चन्द र बिरी चन्दको घर उच्च जोखिममा रहेका वडा सदस्य गोपाद चन्दले बताए ।घर माथिबाट निर्माण गरिएको कुलाउँ डिम्बर सडकले गोईलानी र गाईर टोल पहिरोको उच्च जोखिममा रहेका हुन् ।

गईरटोलमा पनि पहिरोको डरले एक परिवार अर्कै टोलमा स्थान्तरण भई बसेका छन् । यस अघि आएको बर्षातले गईरटोलमा एक घरमाथि पहिरोले पुर्ण क्षती गरेको हुनाले त्यस ठाउँका स्थानिय पनि पहिरो आउने डरले त्रसीत रहेका छन् । सडकमा जम्मा भएको पानी निकास हुने ठाउँ नभएपछि पहिरो जान लागेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.