बैतडीको महाकाली नदी किनारमा पुरुषको शव फेला

बैतडी-असोज ३०/ बैतडीको महाकाली नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको दशरथचन्द नगरपालिका १० तिरखडेनी स्थित नदी किनारमाअन्दाजी ३५ बर्षिय पुरुषको शव फेला परेको हो । शनिवार बिहान ६ बजेको समयमा स्थानियहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस पश्चात जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरिक्षक दर्जन खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । शवको पहिचान भईसकेको छैन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.