एकीकृत समाजवादीको बैतडी ईन्चार्जमा प्रमानन्द भट्ट

बैतडी-असोज ३०/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैतडी ईन्चार्जको जिम्मेवारी प्रमानन्द भट्टले पाएका छन् । नेकपा बिभाजनका बेला माधब समुहमा खुलेका भट्टले नयाँ दल एकीकृत समाजवादी दर्ता भएसंगै पार्टीको पोलिट ब्युरो सदस्य र जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका हुन् । ईन्चार्जको समेत जिम्मेवारी पाई सके पछि पार्टी सुढृडीकण, एकीकृत समाजवादीका बिभिन्न भातृ संघ संगठनको विस्तार चुस्त दुरुस्त रुपमा अगाडी बढाउने भट्टले जानकारी दिनु भयो । रेडियो बैतडीसंग कुरा गर्दै ईन्चार्ज भट्टले यस्तो बताउनु भएको हो । पार्टीले आफ्ना एजेण्डा जनतासामु लिएर जाने र सबैलाई एकाकार गर्ने भट्टको भनाई छ । बिभिन्न लोकतान्त्रिक तथा बामपन्थी सक्तिहरुसंग हातेमालो गर्दै जनहितका पक्षमा तथा हरेक बिकास निर्माणका क्षेत्रमा एकीकृत समाजवादीले कदम चाल्ने समेत उहाँले बताउनुभयो । भट्ट बैतडी जिल्लाका पुर्ब जिबिस सभापती समेत हुन् । यस्तै एकीकृत समाजवादीको दार्चुला जिल्लाको ईन्चार्जमा नरेन्द्र बिष्ट चयन भएका छन् । बैतडी घर भएका बिष्टले केन्द्रिय सदस्यसंगै जिल्ला ईन्चार्जको पनी जिम्मेवारी पाएका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.