बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, ८ जना घाईते

बैतडी-असोज ३०/ बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ । जिल्लाको सुर्नया गाउँपालिका ८ ढोल्यामोड देखि जन्ती लिएर सिगास गाउँपालिका १ को खड्क्यौडा गईरहेको से १ ज १७० नम्बरको जिप  शुक्रवार राति दुर्घटनामा परेको हो । जीपको बे्रक फेल भएर सडकमै पल्टिएको बुझिएको छ । दुर्घटनामा परी ८ जना घाईते भएका छन् । घाईते मध्ये ४ जना डडेल्धुरा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् भने ४ जना गम्भीर घाईतेहरुलाई थप उपचारका लागी धनगढी रेफर गरिएको प्रहरी चौकी खोडपेका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिनुभयो । घनगढी रेफर गरिएकाहरुमा सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सोही ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुशील बोहरा रहेका छन् । जीप चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.