बैतडीमा अष्टमी मेला सम्पन्न, निगंलाशैनीमा ३ सय २८ र मेलौलीमा ९५ रांगाको बली

बैतडी-असोज २७/  बैतडीको प्रशिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा मेला सम्पन्न भएको छ । प्रत्येक बर्ष असोज अष्टमीका दिन लाग्ने मेला बुधवार सम्पन्न भएको हो । योसंगै असोज २१ गते घटस्थापनाको दिनबाट शुरु भएका नवरात्रसंगै मेला पनी समापन भएको छ । मेलामा ३ सय २८ रांगाको बली चढाईएको प्रहरी चौकी देहीमाण्डौका ईन्चार्ज केशब सिह भण्डारीले जानकारी दिनुभएको छ । गत बिगतका बर्षहरु जस्तै मनोकाक्षां पुरा हुने बिश्वासमा बली चढाउने भाकल गरेका भक्तजनहरुले रांगाको बली चढाएका हुन् । यस्तै रांगासंगै ३ सय २० बोकाहरुको पनी बली दिईएको ईन्चार्ज भण्डारीले जानकारी दिनुभएको छ । सुदुरपश्चिम प्रदेशकै सबैभन्दा बढी बली दिइने र शक्तिशाली देबीका रुपमा चिनिने निंगलाशैनी भगवतीको मन्दिरमा मेला भर्नका लागी बैतडी सहित सुदुरपशिचमका बिभिन्न जिल्लाहरु र भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।

   रांगा तथा बोकाहरुको बली चढाएमा निंगलाशैनीले अपुत्रलाई पुत्र र र्निधनलाई धन दिन्छीन् भन्ने जन बिश्वास रहेको निंगलाशैनी धार्मीक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिनु भएको छ । हजारौको संख्यामा दर्शनाथीहरु मेला भर्न आउने भएकाले अपराधिक गतिबिधिहरु घट्न सक्ने भन्दै प्रहरीले सुरक्षा ब्यबस्था कडा पार्दै प्रहरी परिचालन गरेको थियो । मेलामा कुनै अपराधिक घटनाहरु नभएको र शान्तिपुणर् वातावरणमा मेला सम्पन्न भएको समेत प्रहरीले जनाएको छ । मदिराका कारण मेलामा अपराधिक गतिबिधिहरु हुन सक्ने भन्दै वडा नम्बर २ को कार्यालयले पनी मदिराको बिक्रि वितरण तथा सेवनमा रोक लगाएको थियो ।

  निंगलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल र्पुणिमा र चैतको अष्टमीका दिन बिशेष जात्रा हुने गर्दछ । यस्तै बैतडीकै मेलौली भगवती मन्दिर मेलौलीमा पनी असोज अष्टमीकै दिन लाग्ने मेला सम्पन्न भएको छ । मेलौली भगवतीमा पनी ९५ रांगा र १ सय ४४ बोकाको बली दिईएको बताईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.