बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

बैतडी-असोज २६/ बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ का ४५ बर्षिय नरबिर सिंह धामी रहेका छन् । सोमबार नजिकैको ठुलागोदा बनमा दाउरा ल्याउन गएका धामीको बेलुकि लडेर मृत्यु भएको स्थानीय एवम आफन्त लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।धामी बिहानै दाउरा लिन बन गएका र बेलुकी सम्म पनि नफर्कदा आफुहरुले खोजतलास गर्ने क्रममा आज बिहान मृत अबस्थामा भेटेको बताउनुभयो । मृतक धामी भिरबाट करिब ४०० मिटर तल खसेका थिए । धामीको बिबाह पश्चात् श्रीमतीको पनि भिर बाटै लडेर मृत्यु भएको हो भने अहिले दोस्रो बिबाह पश्चात् अपांग श्रीमती र दुईवटा छोरा छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.