बैतडीको प्रशिद्व निगंलाशैनी भगवती मन्दिरमा जात्रा शुरु

बैतडी-असोज २६/ बैतडीको प्रशिद्ध निंगलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । मगंलवार फुलपाती अर्थात सप्तमीको दिनबाट जात्रा शुरु भएको हो । आजबाट शुरु भएको जात्रा भोली अष्टमीका दिन भब्यताका साथ रांगा तथा बोकाहरुको बली दिएर समाप्त हुने छ । जात्रामा रांगाको बली दिने भाकल गरेकाहरुको आजकै दिन रांगाहरु ल्याएर मन्दिरमा बाध्ने गरेका छन् । रांगा तथा बोकाहरुको बली चढाएमा मनोकांक्षा पुणर् हुने भन्ने धार्मीक बिश्वास रही आएको छ । जिल्लाका बिभिन्न ठाउँका भक्तजनहरुले निंगलाशैनी मन्दिरमा रांगाहरुको बली दिने गरेका छन् । यो बर्ष निंगलाशैनी धार्मिक सेवा समितिले रांगाको बली चढाउनेहरुलाई अनिवार्य रुपमा समितिमा दर्ता गराउन आग्रह गरेको छ । संयौको संख्यमा बली दिईने भएकाले समितिले सहजीकरण गरिदिने भन्दै अनिबार्य समितिमा दर्ता गराउनु पर्ने निणर्य गरिएको निंगलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिनुभएको छ । जात्रा भर्न बैतडी सहित सुदुरपश्चिमका बिभिन्न जिल्लाहरु र भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु यहाँ पुग्ने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.