विषालु सर्पले टोकेको हो भनेर कसरी थाहा पाउने?
विषालु सर्पले टोकेको हो भनेर कसरी थाहा पाउने? देखिने लक्षणहरु निम्न प्रकार छन
टोकेको ठाउँमा सुन्निनु,
छिटछिटो सास फेर्नु,
टोकेको ठाउँमा घोचेको जस्तो अनुभव हुनु,
हातखुट्टा कडा हुनु वा बाउँडिनु,
चक्कर लाग्नु
बेहोस हुनु
रिस उठ्नु र झर्किनु
रक्तश्राव हुनु
निलो डाम हुनु, टोकेको ठाँउमा स-सना फोका देखिनु
लिम्फ ग्रन्थी सुन्निनु
संक्रमण वा नेक्रोसिस हुनु
सर्पले टोकेपछि स्नायु प्रणालीमा देखिने लक्षणहरु
स्वादमा भिन्नता
बान्ता हुनु
आँखाको परेला उठाउन गाह्रो हुनु
स्वरमा परिवर्तन आउनु
नाडी छिटो छिटो चल्ने
श्वास फेर्न समस्या देखिने
यी चिन्ह र लक्षणहरु विशेष गरेर कोब्रा, करेत जस्ता बिषालु सर्पका टोकाइका कारण हुन्छ।
सर्पले टोकिसकेपछिको प्राथमिक उपचार
बिरामीलाई सबैभन्दा पहिले शान्त पार्नुपर्छ।
बिरामीलाई सजिलो हुने गरी भुँइमा सुताउनुपर्छ र शरीरमा कसिएको लुगा फुकाली दिनुपर्छ।
टोकेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ।
यी सबै कुराहरु गरिसकेपछि छिटोभन्दा छिटो नजिकैको उपचार केन्द्रमा पुर्याउनुपर्छ।
गर्मी भयो भनेर घाउमा बरफ लगाउनु हुँदैन।
डाक्टर र विशेषज्ञको सल्लाह बिना औषधि प्रयोग गर्दा अर्को समस्या आउन सक्छ।
यस्तो अवस्थामा भुलेर पनि रक्सी पिउनु हुँदैन।
रक्सीले विषको मात्रालाई शरीरमा छिटो फैलाउनु मद्दत गर्छ।
सर्पले टोकेपछि के नगर्ने?
टोकेको घाउलाई नचलाउने। यसबाट अरुलाई पनि संक्रमण हुने र बिष छिटो फैलिने सम्भावना हुन्छ।
रबर वा डोरीले कडा रुपमा नबाँध्ने। यसले रक्तसञ्चार अबरुद्ध पार्छ।
यदि रबर तन्किएर ४० मिनेटभन्दा बढी बाँधेमा रक्तकोषिकाहरु मर्दै जान्छ।
धामी झाँक्रीसँग उपचार गराउँछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएकाले जतिसक्दो चाडो स्वास्थ्य चौकी वा केन्द्रमा लैजाने।
टोकेको ठाउँमा कुनै वस्तुले नकाट्ने, नचुस्ने, कुनै मलम वा रासायनिक औषधि नलगाउने।देश सञ्चार अनलाइनबाट