बैतडीमा पनी पुजाआजा सहित सुरक्षा निकायले भित्र्याए फुलपाती
बैतडी-असोज २६/ बैतडीमा पनी नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले संयुक्त रुपमा फुलपाती भित्र्याएका छन् । नवरात्रको सातौं दिन अर्थात् महासप्तमीका आज संयुक्त रुपमा फुलपाती भित्र्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बोध राज ओझाले जानकारी दिनुभएको छ । शाहीलेकमा रहेको चण्डी निशन भगवती मन्दिरमा तिनै वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागीतामा पुजाआजा सहित फुलपाती भित्र्याईएको हो । संयुक्त रुपमा हनुमान ध्वज गुल्म बैतडीको पुजा कोठामा फुलपाती भित्र्याएको र पछि सबै निकायलाई वितरण हुने गुल्मका उपसेनानी अशोक गुरुङले जानकारी दिनुभयो । गुल्मका सहसेनानी गिरिजा प्रसाद भट्टले पुजाआजा गरेको उहाँको भनाई छ । परम्पराअनुरूप नवरात्रको सातौं दिन नवदुर्गाको सातौं रूप कालरात्रिकोे पूजा-आराधना गरिन्छ । यसै दिन केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिका पातलाई फुलपातीका रुपमा भित्र्याउने चलन रही आएको छ ।