पाटन ९ का बिभिन्न टोलमा विद्युतीकरण गर्न माओवादीको माग

बैतडी-असोज २४/ बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का विद्युतीकरण नभएका टोलहरुमा तत्काल विद्युतीकरणको माग गर्दै नेपाल विद्युत प्राधिकरण पाटन शाखालाई ज्ञापन पत्र बुझाईएको छ । आईतवार नेकपा माओवादी केन्द्र वडा नम्बर ९ बार्ड कमिटिले शाखालाई ज्ञापन पत्र बुझाएको हो । स्थानिय सरकार गठन भएको ५ बर्ष बित्नै लाग्दा समेत वडाका बिभिन्न टोलका नागरिकहरु अध्यारोमै बस्न बाध्य भएको भन्दै विद्युतीकरणका लागी ध्यानकर्षण गर्दै ज्ञापन पत्र बुझाईएको माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष एंबम उद्योग राष्ट्रिय ब्यापार संगठन बैतडीका अध्यक्ष कृष्ण सिह भाटले बताउनुभएको छ । अध्यारोमुक्त वडा बनाउने भनेर चुनाव जितेका जनप्रतिनिधिहरुले अहिलेसम्म पनी विद्युतीकरण गर्न नसक्दा वडाको जर्तेखोला सिल्ङापानी, बाजपुर, सल्माणी र केटुणे टोलका नागरिकहरु अहिलेसम्म पनी अध्यारोमै बसीरहेका उहाँले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.