जिल्ला अस्पताल बैतडीमा ‘जीन एक्सपर्ट’मेसिन, क्षयरोग पत्ता लगाउन सहज
बैतडी असाेज २४/ जिल्ला अस्पताल बैतडीमा क्षयरोग पत्ता लगाउने ‘जीन एक्सपर्ट’ मेसिन सञ्चालनमा आएको छ । अस्पतालको प्रयोगशालामा क्षय रोग पत्ता लगाउने अत्याधुनिक‘जीन एक्सपर्ट’मेसिन सञ्चालनमा आएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको सहयोगमा जिल्ला अस्पतालमा पुगेको ‘जीन एक्सपर्ट’ मेसिन जडा भइसकेकाे जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्त राज जोशीले जानकारी दिनुभयो । यो क्षय रोग पत्ता लगाउन भरपर्दाे प्रविधि रहेको उहाँले बताउनुभयो ।
मेसिन जडान भएसंगै क्षयरोगका बिरामीहरुले थप चेकजाँचका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । क्षय रोग पत्ता लगाउन र क्षयरोगका बिरामीहरुको उपचारमा प्रयोग भएका औषधिले काम गरे नगरेको बिषयमा जानकारी लिन डडेल्धुरा तथा धनगढी जानु पर्ने बाध्यता रहेको बैतडी बासीहरुmलाई अब सहज हुने विश्वास गरिएको छ ।