बैतडी : वाईसियल पुर्चौडीको सम्मेलन सम्पन्न, ९९ सदस्यीय कमिटि गठन
बैतडी-असोज २३/ बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) को प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिवार माओवादी केन्द्रका केन्द्रिय सदस्य एबंम बैतडी जिल्ला ईन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर)को प्रमुख आतिथ्यता र माओवादी केन्द्रका नेता एंबम पुर्चौडी नगरपालिकाका प्रमुख रण बहादुर कुवँरको बिशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले युवाहरुको उल्लेख्य सहभागीतामा योङ कम्युनिष्ट लिग (वाईसियल) का ९९ सदस्यीय नगर कमिटि गठन गरेको माओवादी केन्द्रका नेता बिक्रम कुवँर (प्रतिक) ले जानकारी दिनुभएको छ । कमिटिको अध्यक्षमा नरेश बोहरा चयन भएका छन् । यस्तै उपाध्यक्षमा नवराज विक, नरेश कुँवर र दीपक धामी, सचिवमा गणेश धानुक (शक्ति), सह-सचिवमा पदम रतोकी, बिर बहादुर धामी र भाष्कर साउँद तथा कोषाध्यक्षमा राजेन्द्र साउँद चयन भएका छन् ।