बैतडीको उदयदेव मन्दिरमा लाग्ने जात्रा ब्यबस्थापनका लागी समिति गठन
बैतडी-असोज २३/ बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ स्थित उदयदेव मन्दिरमा लाग्ने मेला व्यबस्थापनका लागी समिति गठन गरिएको छ । प्रत्येक बर्ष दशैको उपलक्ष्यमा लाग्ने मेला ब्यवस्थापनका लागी शनिवार पाटन नगरपालिकाका प्रमुख केशब बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले मेला ब्यबस्थापन समिति गठन गरेको पत्रकार तथा मेला ब्यवस्थापन समिति सदस्य बशन्त बिष्टले जानकारी दिनुभएको छ । जिल्लाकै प्रशिद्ध शक्तिपिठका रुपमा रहेको उक्त मन्दिरमा नवमीका दिन अर्थात असोज २८ गते जात्रा लाग्ने छ । गठित समितिले शान्ति पुणर् वातावरणमा मेला सम्पन्न गर्न बिभिन्न निणर्य गरेको बताउँदै पत्रकार बिष्टले मदिराका कारण घट्न सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै मदिराको बेचबिखन तथा सेवनमा पुणर् रुपमा रोक लगाउने निणर्य गरिएको बताउनुभयो । असोज २७ र २८ गते पुणर् रुपमा मदिरा पसल बन्द गराउने तथा अन्य दिनको हकमा दिउँसो ३ बजेदेखि साझँ ६ बजेसम्म मात्रै पसलहरु खोल्न दिने निणर्य गरिएको हो । समितिले गरेको निणर्यको उल्लंघन गर्नेहरुलाई कानुन अनुसार कार्बाही हुने पनी समितिले जनाएको छ । यस्तै मेलामा हुन सक्ने अपराधिक गतिबिधि नियन्त्रणका लागी चुस्त दुरुस्त प्रहरी परिचालन गर्ने समितिले जनाएको छ ।