बैतडीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी  असाे  २२/ बैतडीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिकाका २ जना र पाटन नगरपालिकाका १ जना रहेका छन् । यस्तै थप २ जना कोरोना जितेर निको भएका छन् । शुक्रबार विभिन्न स्थानीयतहका २ जना कोरोना जितेर निको भएका हुन् । बैतडीमा अहिले कोरोनाका सक्रिय संक्रमित २० जना रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना, पाटन नगरपालिकामा ६ जना, पञ्चेश्वर गाउँपालिकामा एक जना , सुर्नया गाउँपालिकामा १ जना र सुर्नया गाउँपालिकामा पनि एक जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा बाहिर जिल्लाका पनि एक जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.