‘विप्लव’ नेकपाको युवा संगठन बैतडी अध्यक्षमा धामी

बैतडी  असाेज २२/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टि नेकपाको सहायक संगठन युवा संगठन नेपालको बैतडीकाे  प्रथप सम्मेलन सम्पन्न भएको छ । पार्टिको सहायक संगठन युवा संगठन नेपालको बैतडी सम्मेलन बिहीबार सम्पन्न भएको हो । सम्मेलनले नेकपाको सहायक संगठन युवा संगठन नेपालको बैतडी अध्यक्षमा दानसिहँ धामीलाइ सर्बसम्मत चयन गरेको हो । सम्मेलनले दान सिहँ धामीको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।

सम्मलेनमा  नयाँ नेतृत्वलाई शुभकामना तथा बधाइ दिनुुुहुदै नेकपाका जिल्ला सचिब राम सिहँ कुवर लक्ष्मणले युवाहरुलाई नयाँ बिचारको थालनि गर्दै अगाडी बढ्ने जिम्मेवारि थपिएको बताउनुभयो । संसदिय व्यवस्थाका विरुद्धमा युवाहरुले एकजुट भएर संघर्ष गर्नुेपर्नेमा जोड दिदै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि ,जनजिविकाको सवालमा, सिमाको सवालमा र समाजमा हुने हरेक खाले बिकृति विसंगति विरुद्ध युवाहरुले गोलबन्द भएर एकिकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादी व्यवस्थाका लागि लड्नु पर्ने बताउनुभयो ।

यस्तै संगठनका सेतिमहाकाली इन्चार्ज स्याम भट्टले अब समाज परिवर्तन गर्ने जिम्मेवारि युवाको काँधमा आएकाले सबैले परिर्वतनका खातिर लग्नु पर्ने बताउनुभयो । यस्तै अखिल क्रान्त्रीकारी बैतडी जिल्ला अध्यक्ष शुरेन्द्र धामीले जव सम्म वैज्ञानिक समाजवादी व्यवस्था लागु हुैदैन तब सम्म नेपाली युवाहरुले शुख शान्ती संग बस्न नसक्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै दान सिहँ धामीले समाज परिवर्तनका लागि आफुहरु जिम्मेवार भएर लाग्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपाका जिल्ला सचिब लक्ष्मणको प्रमुख आथित्यता तथा संगठनका सेतिमहाकाली इन्चार्ज स्याम भट्टको विशिष्ट आथित्यतामा सम्पन्न सम्मेलनमा नेकपाका थुप्रै नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.