बैतडीका मन्दिरहरुमा नवरात्र शुरु, सामुहीक रुपमा जमरा पनी राखियो

बैतडी-असोज २१/ आजदेखि बडादशैं शुरु भएको छ । आज पहिलो दिन घटस्थापनासंगै हिन्दू नेपालीहरुको महान पर्व वडादशैं शुरु भएको हो । बैतडीमा पनी मन्दिरहरुमा जमरा राखेर वडादशै शुरु भएको छ । यहाँका प्रशिद्ध शक्तिपिठहरु निंगलाशैनी त्रिपुरा, डिलाशैनी, कफलाशैनी, मेलौली, फाल्ङाशैनी, दोगडाकेदार, सिगास, महारुद्र लगायतका मन्दिरहरुमा सामुहीक रुपमा जमरा राखेर दशैको शुभारम्भ भएको हो । घटस्थापनाका दिन राखिएको जमरालाई अष्टमीका दिन काटेर ठुलावडाको हातबाट टिकासंगै थाप्ने चलन रही आएको छ । यसै बिच आजबाट यहाँका शक्तिपिठहरुमा नवरात्र पनी शुरु भएका छन् । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्म चारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दशै नजिकिएसंगै रोजगारको शिलशिलामा तथा अन्य कामले घर बाहिर रहेकाहरु पनी घर फर्कने गर्दछन् । जसले गर्दा गाउँमा चहलपहल बढेको स्थानियहरुले बताएका छन् । बैतडीको निंगलाशैनी मन्दिर देहीमाण्डौ, डिलाशैनी भगवती मन्दिर तल्लादेही तथा कफलाशैनी मन्दिर डिलाशैनी लगायतका शक्तिपिठहरुमा अष्टमीका दिन भब्य जात्रा समेत लाग्ने गर्दछन् । यी मन्दिरहरुमा संयौ रांगा तथा बोकाहरुको बली समेत दिने गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.