बैतडी : दोगडाकेदारमा सक्रिय बन्दै माओवादी केन्द्र 

बैतडी-असोज २१/ बैतडीको दोगडाकेदार गाउँपालिकामा नेकपा माओवादी केन्द्र सक्रिय बन्दै गएको छ । सर्वोच्चा अदालतको फैसला पश्चात नेकपा एमालेसंगको एकता भगं भएर पुर्ववत रुपमै फर्किए पछि माओवादी केन्द्रले देशभरि नै सक्रियता बढाएको छ । सोही अनुसार अहिले दोगडाकेदारमा पनी पार्टीकोलाई नयाँ उचाईमा पुर्‍याउन र आउँदै गरेको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्दै माओवादी केन्द्रले कार्यक्रम गरिरहेको गाउँ कमिटि सचिव धन बहादुर महराले जानकारी दिनुभएको छ । गाउँपालिकाको आठ वटै वडाहरुमा बार्ड कमिटि गठनको कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो ।

     यस्तै वडा भित्रका टोलहरुमा टोल कमिटि गठनको जिम्मा वडा कमिटिलाई दिईएको र अहिले टोल कमिटि गठनको काम भईरहेको बताईएको छ । गाउँपालिका भरिमा अहिले सम्म १२ सय जना सक्रिय सदस्य रहेको समेत गाउँ कमिटि सचिब महराको दाबी छ । माओवादी केन्द्रको केन्द्रिय बिधान अनुसार अहिले गाउँ कमिटिले अनलाईन मार्फत सक्रिय सदस्यहरुको सदस्यता नविकरणको काम गरी रहेको गाउँ कमिटिले जनाएको छ ।

   यसै बिच माओवादी केन्द्रका बिभिन्न भातृ संगठनहरु विस्तारको काम पनी सम्पन्न भएको छ । योङ कम्युनिष्ट लिग (वाईसियल), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा स्तरको कमिटि गठन कार्य सम्पन्न भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.