देहीमाण्डौमा मदिरा बेचबिखनमा रोक

बैतडी-असोज २१/ बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौमा मदिरा बेचबिखनमा रोक लगाईएको छ । असोज २७ गते महाअष्टमीका दिन प्रशिद्ध निंगलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई मध्यनजर गर्दै बिहिबारबाट मदिरा बेचबिखनमा रोक लगाईएको हो । मदिराका कारण जात्राको समयमा घट्न सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै वडा कार्यालयले मदिराको बेचबिखनमा प्रतिबन्द लगाएको हो । देहीमाण्डौ बजारमा रहेका मदिरा पसलहरु बिहिबारदेखि नै बन्द गर्ने निणर्य गरिएको र नियम उल्लंघन गर्नेहरुलाई कार्बाही गरिने वडाध्यक्ष रन बहादुर बोहराले जानकारी दिनुभएको छ । उक्त अवधिमा मदिरा सेवन गरेको पाइएमा २ हजार तथा मदिरा बेचबिखन र ओसारपोसार गरेमा ६ हजार जरीवाना सहित मदिरा समेत जफत गरिने वडाध्यक्ष बोहराले बताउनुभयो ।कसैले जुवातास खेलेमा वा खेलाएमा ३ हजार जरीवाना गरिने बताइएको छ । यसै बिच कोरोना भाईरस कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डहरुको पालना गर्दै मेला भर्न आउन समेत वडा कार्यालयले नागरिकहरुमा आग्रह गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.