नौ स्थानमा यात्रु सहायता कक्ष
डीआर भट्ट-बैतडी असाेज २१/ बैतडीका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । चाडपर्वको समयमा यात्रुको सहजताका लागि जिल्लाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका हुन् ।
यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने हेतुले जिल्लाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार बैतडीको सिमार, गोकुलेश्वर, खोचलेक, सतबाँझ, गोठलापानी, सीमानाका झुलाघाट, पाटन, खोड्पे र ढोल्यामोड बजारमा यात्रु सहायता कक्ष स्थापना भएका हुन् ।
यात्रु सहायता कक्षहरुमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सक्रियता रहेको प्रहरी प्रवक्ता ओझाले बताउनु्भयो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सहायता कक्ष स्थापना भएका जनाउदै उहाँँले यसबाट यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको बताउनुभयो ।
सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर गरेर सीमानाका सहित जिल्लाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीर्ले सवारीसाधनबाट ठगिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि यात्रुहरुलाइ आग्रह गरेको छ । दशैँ तिहारमा हुन सक्ने सम्भावित घट्ना कम गरि शान्ति पूर्ण बातावरणमा चाँडपर्व सम्पन्न गर्न जिल्लामा ३ सय ८८ सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।