राप्रपा बैतडी अध्यक्षमा इन्द्रदेव शरण भट्ट

बैतडी  असाेज २० / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा इन्द्र देव शरण भट्ट  चयन भएका छन् । बुधबार जिल्लामा आयोजित जिल्ला अधिवेशनबाट भट्ट निर्विरोध  चयन भएका हुन् । सम्पन्न अधिवेशनले इन्द्र देव शरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय समिति गठन गरेको राप्रपा जिल्ला निर्वाचन संयोजक देवेन्द्र सिहँ मालले जानकारी दिुनभयो । जिल्ला कार्यसमितिका अन्य पदहरु भने पछि तोकिने  बताइएकाे  छ   ।अधिवेशनमा पूर्व मन्त्री, राप्रपाका उच्च कार्य सम्पादन समिति सदस्य जयन्त चन्द , केन्द्रीय कार्य सम्पादन समिति सदस्य गाणेश विष्ट लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.