बैतडीः कोरोनाका सक्रिय संक्रमित २० जना
बैतडी असाेज २०/ बैतडीमा बुधबार एक जना कोरोना जितेर निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना नयाँ बिरामी फेला परेका छैन्न भने एक जना कोरोना जितेर निको भएका हुन् । अहिले बैतडीमा कोरोनाका सक्रिय संक्रमित २० जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लामा कोरोना सक्रिय संक्रमित २० जना मात्रै रहेका हुन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा ६ जना, सुर्नया गाउँपालिकामा २ जना, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा १ ÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका पनि एक जना कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ । जिल्लामा कोरोना संक्रमण घट्दै गएको छ । कोरोना संक्रमणदर घट्दै गएपनि जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् ।