६६ औँ प्रहरी दिवसः बैतडीमा १७ जना प्रहरीकर्मचारी पुरस्कृत
बैतडी असाेज २० / बैतडीमा पनि ६६ औँ प्रहरी दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरेर जिल्ला प्रहरी कार्यालय बैतडीले पनि प्रहरी दिवस मनाएको हो । ६६ औं प्रहरी दिवसको अवसरमा बैतडीमा १७ जना प्रहरी कर्मचारीहरुलाई नगत सहित पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी निरीक्षक १ जना, नायब निरीक्षक २ जना, सहायक निरीक्षक २ जना, प्रहरीहबल्दार ५ जना, प्रहरी जवान ७ जना र कार्यालय सहयोगी १ जना गरि १७ जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभयो ।
बैतडीमा कार्यरत दूइजना प्रहरी कर्मचारीहरु प्रदेश प्रहरी कार्यालय बाट पुरस्कुत भएका बताइएको छ । जिल्ला भित्रनै उत्कृष्ट काम गर्ने सतबाँँझ प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक उपेन्द्र तिम्लिसिना र प्रहरी चौकी पुरघाटमा कार्यरत प्रहरी हबल्दार जनक सिहँ भण्डारी प्रदेश प्रहरी कार्यालयबाट पुरस्कुत भएका हुन् ।
यस्तै प्रहरी दिवसको अवसरमा ,स्थानीयतह ,शैक्षिक संस्था, पूर्व प्रहरीकर्मचारी, जग्गादाता, अमर परिवारलाइ पनि सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँँका अनुसार स्थानीय निकायमा दशरथचन्द नगरपालिकालाई , शैक्षिक संस्थामा बिरेन्द्र मावि शाहिलेक, पूर्व प्रहरी सहायक निरीक्षक जगुवा भण्डारी , खोचलेक प्रहरी चौकीलाई जग्गा दान गर्ने बिरभान सिहँ कार्की, अमर प्रहरी परिवारबाट टेकेन्द्र प्रशाद कनौजियाको परिवारलाइ सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो ।
दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको प्रहरी दिवस कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती ,जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रशाद अवस्थी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।