बैतडीको प्रशिद्ध निङ्गलाशैनी भगवती मन्दिर परिसरमा सरसफाई 

जनक साउद , असोज २० बैतडी/बैतडीको प्रशिद्ध निङ्गलाशैनी भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ । दशरथचन्द नगरपालीका २ देहिमाण्डौमा रहेको  उक्त मन्दिर परीसरमा बुधबार सरसफाई गरिएको हो ।

नवरात्राको पूर्व सनध्यामा देहिमाण्डौ बजार ब्यवस्थापन समितीका अध्यक्ष तथा समाजसेवी तेज बहादुर बोहराको नेतृत्वमा मन्दिर परिसर र चौगाडो सरसफाई गरीएको छ । बुधबार देखी शुरु हुने नवरात्रा र यहि असोस २७ गते हुने महाअस्टमी जात्राको पूर्व सनध्यामा सरसफाई गरेको अध्यक्ष बोहराले बताउनुभयो ।

पर्यावरण सफा नभए मानविय स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै व्यपारी  धन बहादुर क्षेत्रीलले बेलाबेलामा सबैले सरसफाइ अभियानमा सरिक हुनु पर्नेमा  जोड दिनुभयो ।  यसरीनै मासिक रुपमा सरसफाई गरेमा बजारको गरीमा बढने तथा फोहर कम हुने स्थानीय समाजसेवि  गोपाल बोहराको भनाइ थियो  ।

सरसफाई अभियानमा व्यापारी ,स्थानीय युवा, देहिमाण्डौ प्रहरी चौकीका सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । यस बर्षको नवरात्री  महाअस्टमी यही असोज २७ गते परेको छ । अस्टमीमा सयौँ रागा बोकाको बली हुन्छ । प्रशिद्ध निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा सुदूुरपश्चिका बिभिन्न जिल्ला तथा भारतको पिथौरागढबाट समेत हजारौ दर्शनार्थीहरु मेला भर्न आउने गर्दछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.