बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाईते
बैतडी-असोज १९/ बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । सोमवार साँझ परेको चट्याङ लागेर जिल्लाको डिलाशैनी गाउँपालिका ५ खालीपाटाका २७ बर्षिय महेश लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धामीगाउँबाट भैसी लिएर घर जाने क्रममा वडा नम्बर ७ को टुणेगैरा भन्ने ठाउँमा चट्याङ परेर लुहारसंगै भैसीको पनी मृत्यु भएको हो । यस्तै घाईते हुनेहरुमा मृतक लुहारका दाई ३२ बर्षिय अम्बे लुहार, डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का चन्द्र कोली र दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नम्बर ९ का ३७ बर्षिय दीपक महर रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।